Trending :
 

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर फेरी ५.८ म्याग्‍निच्युडको भूकम्प

कार्तिक २०,२०८०

-आस्था न्युज

कात्तिक २०, २०८० काडमाडौं ।
जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुनस् ठूलो भूकम्पको झट्का महसुस भएको छ ।
 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको छ ।
 
भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।
 
पराकम्पका कारण पहिरो समेत गएको बताइएको छ ।
 
जाजरकोटमा रहेका फोटोपत्रकार अंगद ढकालका अनुसार केही समयको अन्तरालमा दुई ठूलो भूकम्पको झट्का महसुस गरिएको छ ।