Trending :
 

तिहारः भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा उत्तम

कार्तिक २०,२०८०

-आस्था न्युज

कात्तिक २०, २०८० काडमाडौं ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको शुभसाइत सार्वजनिक गरेको छ । 
 
कार्तिक २९ गते परेको भाइटिकाको साइत भने विहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
 
समितिका अनुसार कार्तिक २४ गते शुक्रबारका दिन यमदीपदान अर्थात धनत्रयोदशी (धन्तेरस) रहेको छ । यो दिन सुन चाँदी जस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ ।
 
साथै कार्तिक २५ गते काग तिहार परेको छ भने २६ गते कुकुर तिहारसँगै लक्ष्मी पूजा पनि रहेको छ । यसैगरी कार्तिक २७ गते सोमवार गाई तिहार रहेको छ । २८ गते गोवद्र्धन पूजा । म्हपूजा परेको छ भने सोहि दिनबाट नेपाल संवत ११४४ प्रारम्भ हुनेछ ।