Trending :
 

काठमाडौं महानगरपालिकाले पठायो भूकम्प पीडितलाई राहत

कार्तिक २०,२०८०

-आस्था न्युज

कात्तिक २०, २०८० काडमाडौं ।
काठमाडौ महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि राहत सामग्री पठाएको छ । 
 
आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पीडितका लागि विभिन्न राहत सामग्री पठाइएको हो । 
 
भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरिङ तथा प्राविधिक लगायत थप सहयोग चाहिएमा सम्पर्क गर्न पनि महानगरपालिकाले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 
 
गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।
 
डेढ सय जनाभन्दा बढीको ज्यान गएको छ भने सयौं संरचनाहरु ध्वस्त भएका छन् ।
 
भूकम्पबाट प्रभावित बनेकाहरुका लागि विभिन्न संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।