Trending :
 

मौसमः पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

कार्तिक २१,२०८०

-आस्था न्युज

कात्तिक २१, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मौसम आंशिक बदली रही एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
 
अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । 
 
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । साथै देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
 
आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।