Trending :
 

आर्थिक गतिविधि

सिमेन्टको मूल्य नबढाउन व्यवसायीहरुलाई आग्रह

'निर्माणकार्यको समयमा सिमेन्टको मूल्य ह्वात्तै बढेपछि उपभोक्ता मारमा'

चैत्र २५,२०७३

-

२४,२०७३चैत्र,काठमाडौँ-

 बजारमा सिमेन्टको मूल्य ह्वात्तै बृद्दी भएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले सिमेन्टको मूल्य तत्काल नबढाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

यतिबेला धेरै स्थानहरुमा पु:न निर्माणको समय भएको र एकैपटक भएको मूल्य बृद्दिले असर पुगेको भन्दै  उद्योगमन्त्री जोशीले सिमेन्टको मूल्य बृद्दि नगर्न व्यवसायीहरुलाई अनुरोध गरेका हुन् ।

मन्त्रालयका अनुसार ‘मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापालाई बिहीबार उद्योग मन्त्रालयमा बोलाइ मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।‘

 

भेटमा अध्यक्ष थापाले सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ क्लिंकरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको बताएका थिए । उनले मन्त्रीको आग्रहपछि सबै उत्पादकहरूसँग छलफल गरेर के कति पुनर्विचार गर्न सकिन्छ भन्ने विषयमा आगामी आइतबार उद्योगमन्त्रीसँग पु:न छलफलमा बस्ने बताएको पनि  मन्त्रालयले जनाएको छ ।

व्यवसायीहरूले बजारमा सिमेन्टको माग बढ्दै गएको मौका छोपी सबै सिमेन्टको मूल्य एकैपटक बढाएका थिए।

केही दिनअघिदेखि सबै कम्पनीले सिमेन्टको मूल्य प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएको खुद्रा व्यापारी बताउँछन्।

सबै कम्पनी मिलेर प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म मूल्य वृद्धि गरेको खुद्रा व्यापारीले बताए । बजारमा सबैभन्दा धेरै खपत हुने ओपिसी र पिपिसी सिमेन्ट दुवैको मूल्य बढाइएको छ।

खुद्रा व्यापारीका अनुसार ५० केजीको ओपिसी सिमेन्टको मूल्य ५५ रुपैयाँसम्म बढाइएको छ। यसअघि उक्त सिमेन्ट प्रतिबोरा आठ सय ७० रुपैयाँमा बिक्री भइरहेकोमा मूल्य बढाएर नौ सय २५ रुपैयाँ पुर्‍याइएको छ।

 

यसअघि प्रतिबोरा सात सय २५ रुपैयाँमा बिक्री भइरहेको पिपिसी सिमेन्ट  अहिले प्रतिबोरा ३० देखि ४५ रुपैयँसम्म बृद्दि भई सात सय ७० रुपैयाँमा बिक्री भएको छ ।

 

यसरी निर्माण कार्य धमाधम संचालन भइरहेको बेला बजारमा सिमेन्टको भाउ बृद्दीले उपभोक्ताहरु मारमा परेको भन्दै उद्योगमन्त्री जोशीले सिमेन्टको भाउ  नबढाउन आग्रह गरेका हुन् ।