Trending :
 

झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

कार्तिक २१,२०८०

-आस्था न्यूज

कात्तिक २१, २०८० काठमाडौं ।
झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । 
 
झापाको दमक नगरपालिका-३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका-११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।
 
मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
 
करेन्ट लागेर सिकिस्त घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 
यसैगरी, कन्काइ नगरपालिका–३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई फलामे रड बोक्ने क्रममा बिजुलीको तारमा छोइँदा करन्ट लागेको थियो ।
 
सिकिस्त अवस्थाका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।