Trending :
 

टी ट्वान्टी महिला सिरिजका लागि २२ सदस्यीय खेलाडी छनोट

कार्तिक २१,२०८०

-आस्था न्यूज

कात्तिक २१, २०८० काठमाडौं ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।
 
यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् । 
 
छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, सङ्गीता राई, ज्योति पाण्डे र रोमा थापा छन् । त्यसैगरी, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनिषा चौधरी छन् ।