शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबै दल एक मत छन्ः अर्थमन्त्री महत
-आस्था न्यूज
कात्तिक २१, २०८० काठमाडौं ।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सर्वदलीय बैठकमा छलफल भएको बताएका छन् ।
आज प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसंग उनले, सबै दल शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा एक मत रहेको बताए ।
उनले भने ‘ शान्ति प्रक्रिया छिटो टुङ्गो लगाउने कुरामा एकमत छ, लोकतान्त्रिक मूल्य र मान्यता र लामो संघर्षबाट यो संविधान बनेको हो । त्यससलाई रक्षा गर्ने कुराहरु र महत्वपूर्ण मुद्दाहरुमा सँगै अगाडि बढ्ने, साझा धारणा बनाउँने कुरामा नै छलफल भयो र यी कुराहरुमा सबै नेताहरुको एकमत छ । ’
त्यस्तै उनले वाक स्वतन्त्रताको नाममा भएको मनपरी र व्यवस्थाप्रतिको प्रहारप्रति सबैदल गम्भीर बनेको बताए ।
‘त्रासको कुरा छैन् लामो संघर्षबाट लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित यो संघीय लोकतान्त्रिक व्यवस्था संविधानले निश्चित गरेको छ । यसले सम्पूर्ण अधिकार जनताका अधिकारहरु सुनिश्चित गरेको छ । यही व्यवस्थाको विरोध गर्नेहरुले पनि प्रणालीले दिएको अधिकार त्यो कारणले उपयोग गर्न पाएको अवस्था हो । ’ उनले भने ‘निर्वाद रुपमा सबै जनताले बोल्न पाउँनु पर्छ तर त्यसको दुरुपयोग गर्ने आधारहीन कुुराहरु यी प्रवृति उपयुक्त होईन्, भन्ने कुरा पनि उठेको छ । यो प्रवृति राम्रो होईन् । ’
अर्को प्रशंगमा उनले अर्थतन्त्रमा विस्तारै सुधार हुदै गएको दोहो¥याए ।
उनले भने ‘अर्थतन्त्र विस्तारलाई सुधार भएको छ, रातारात यसमा सुधार हुन्छ भन्न मिल्दैँन् तर सकारात्मक रुपमा यसमा सुधार भईरहेको छ । हामीले सबै कुराहरु एकै दिनमा हुनुपर्छ भनेर अपेक्षा गर्नु र त्यो भएन भने केही भएन भनेर सम्प्रेषण गर्ने प्रवृत्ती गलत हो र सुधार तर्फ अर्थतन्त्र जादैँछ ।’