Trending :
 

सामान्य घट्यो सुनको मूल्य

कार्तिक २२,२०८०

-आस्था न्यूज

कात्तिक २२, २०८० काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले घटेर प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुनको मूल्य १ लाख  १५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
 
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।
 
त्यसैगरी,चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर  छ । चाँदी प्रतितोला एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।