Trending :
 

सुर्खेतको देउती बज्यै मन्दिर

कार्तिक २२,२०८०

-आस्था न्यूज

कात्तिक २२, २०८० काठमाडौं ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल हो गंगामाला देउती बज्यै मन्दीर ।
 
देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यसै कारणले गर्दा देउती बज्यै मन्दीरमा दैनिक सयौँको भिड लाग्ने गर्दछ । सुर्खेतमा बसोबार गर्दै आएको पुरानो जाती राजीले गंगामा जाल खेल्न जाँदाँ देउता भेटीएको कारणले गर्दा गंगामाला देउती बज्यै नाम रहेको मन्दीरका मुल पुजारी तथा मन्दीरका संस्थापक टंक बहादुर राजी बताउँछन् ।
 
राजा ज्ञानेन्द्रको पालामा २०५८ सालमा उद्घाटन गरिएको मन्दीरको अहिले १६ पिलर सहित पतिलको छानो रहेको छ । विषेश गरि शनिवार तथा चाडपर्वको समयमा उक्त मन्दीरमा भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ । 
 
सुर्खेतको देउती बज्यै मन्दिर, तस्बिरः रचना लम्साल
 
No description available.