Trending :
 

अन्तरजातीय विवाह गरेका जोडी सम्मानित

कार्तिक २२,२०८०

-आस्था न्यूज

कात्तिक २२, २०८० काठमाडौं ।
मुगुको छाँयानाथ रारा नगरपालिका-१० चराप गाउँका अन्तरजातीय बिवाह गरेका जोडीलाई नगरपालिकाले एक लाख रुपैयाँ दिएर सम्मान गरेको छ । 
 
छाँयानाथ रारा नगरपालिकाले रञ्जिता बुढा र देबी कृष्णा कामीलाई अन्तरजातीय विवाह गरेकामा प्रोत्साहन दिन पुरस्कृत गरेको जानकारी दिएको छ। 
 
सोरु गाँउपालिका-४ लिब्रकी २४ बर्षीय रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ बर्षीय देबी कृष्णा कामीले गत माघ १३ गते प्रेम बिवाह गरेका थिए । 
 
छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्ने नीति अनुसार सममान गरेको नगर प्रमुख विष्णु कुमार भामले बताए।