Trending :
 

राष्ट्रपति पौडेलले भूकम्प पीडितलाई एक महिनाको तलब दिने

कार्तिक २२,२०८०

-आस्था न्यूज

कात्तिक २२, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् । 
 
राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको हो ।
 
जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि कोष स्थापना गरिएको हो ।