Trending :
 

स्वास्थ्य मन्त्री बस्नेतले टिचिङमा उपचाररत भूकम्पका घाइतेलाई भेटेर दिए सान्त्वना

कार्तिक २३,२०८०

-आस्था न्युज

कात्तिक २३, २०८० काठमाडौं ।
पश्चिम नेपालमा गएको विनासकारी भूकम्पमा परि गम्भीर घाइते भएका १० उपचाररत बिरामीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 
 
कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याईएको थियो । 
 
मन्त्री बस्नेतले हिजो उपचाररत १० जना घाइतेसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । उपचाररत घाइतेमध्ये एक जनाको सल्यक्रिया भइसकेको,एक जनालाई आईसियूमा राखेर उपचार गरिरहेको र बाँकी आठजनाको पनि उपचार अस्पतालले जनाएको छ । 
 
मन्त्री बस्नेतले आईसियूमा उपचाररत घाइते र उनका आफन्तसँग भेटेर उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 
 
उनले चिकित्सकलाई उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको बस्नेतको सचिवालयले जनाएको छ । 
 
सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।