Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

राष्ट्रपतिले दिए आक्रमणको निर्देशन, आक्रमणमा चार सैनिकको मृत्यु

चैत्र २५,२०७३

-

२५,२०७३चैत्र,सिरिया-

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले सिरियामा शुक्रबार मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परी चार जना सिरियाली सैनिकहरुको मृत्यु भएको अनुगमनकर्ताले जनाएका छन् ।

सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारण विरुद्द अत्याचार गरेपछि न्यायका लागि आक्रमण गरिएको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

 

गत  मङ्गलबार सिरियामा गरिएको गम्भीर रासायनिक आक्रमणको जवाफ सोही अनुसार दिनुपर्ने अमेरिकाले प्रष्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ । रासायनिक आक्रमणमा २७ बालबालिकासहित थुप्रै सर्वसाधारण मारिएको समाचार विभन्नि सञ्चार माध्यमले दिइरहेका छन् ।