Trending :
 

धरानमा विमानस्थल निर्माणको सम्भावना खोज्न मन्त्री किरातीको निर्देशन

कार्तिक २३,२०८०

-आस्था न्युज

कात्तिक २३, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको लागि अध्ययन गर्न समिति बनाउन निर्देशन दिएका छन् । 
 
धरानमा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्ने समिति गठनको लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मनत्री राईले निर्देशन दिएको सामाजिक सञ्जालमा लेखेका छन् । 
 
‘‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति  तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छु’’, मन्त्री किरातीले लेखेका छन् । 
 
हिजो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा विमानस्थल बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।