Trending :
 

शेयर बजार झण्डै १२ अङ्कले घट्यो

कार्तिक २३,२०८०

-आस्था न्यूज

कात्तिक २३, २०८० काठमाडौं ।
शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ । 
 
आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ ।
 
समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको शेयर सात प्रतिशतले बढेको छ । आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् ।
 
सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।