भूकम्पपीडितका लागि राहत बोकेर गएको ट्रक जनार्दन शर्माको निर्देशनमा गायब
-आस्था न्यूज
कात्तिक २३, २०८० काठमाडौं ।
शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो ।
यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति
अर्थमन्त्रीसहित चारपटक मन्त्री भइसकेका जनार्दन शर्मा भूकम्पको केन्द्रबिन्दु जाजरकोट नगई निर्वाचन क्षेत्र रुकुम पश्चिममा सीमित रहेको बताइएको छ।
भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ गरेर रुकुम पश्चिमतिर लगिएको बताएका छन् । ‘