पृथ्वीया थापाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि
-आस्था न्यूज
कात्तिक २३, २०८० काठमाडौं ।
इटहरीकी पृथ्वीया थापाले मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि जितेकी छन् ।
काठमाडौंमा सम्पन्न विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा उनले उपाधि चुमिन् ।
उपाधिसँगै उनले आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिताको मौका पाएकी छन् ।
प्रतिस्पर्धामा सिर्जना केसीले मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितिन् ।
उनले मस्ट फोटोजेनिकको सहविधा पनि हात पारिन् । केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा समेत भाग लिने मौका पाएकी छन् ।
सीता सुवेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्ड विजेता बनिन् । प्रज्ञा प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा अभिनेत्री भुवन चन्दलाई सम्मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधि प्रदान गरिएको छ ।
एसिडविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई विशेष सम्मान गरिएको थियो ।
विजेतालाई मिसेस वर्ल्ड २०२२ की विजेता सरगम कौशलले ताज पहिराएकी थिइन् ।