Trending :
 

सन्दीपको मुद्दामा अदालतले माग्यो दुबै पक्षका वकिलसँग बहस नोट

कार्तिक २३,२०८०

-आस्था न्यूज

कात्तिक २३, २०८० काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ ।
 
बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको हो । यो विवादको निरुपण न्यायाधीश घिमिरेको इजलासले नै गर्नेछ ।
 
गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । सो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको छ ।