Trending :
 

आगलागीमा जलेर वृद्धाको मृत्यु

कार्तिक २४,२०८०

-आस्था न्युज

कात्तिक २४, २०८० काठमाडौं ।
झापाको अर्जुनधारा नगरपालिका-१० मा आगोले जलेर एकजना बृद्धाको मृत्यु भएको छ । उनका श्रीमान जलेर घाइते भएका छन् ।
 
बिहीबार राति स्थानीय ७३ बर्षीय शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
आगलागीको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली पुगेर स्थानीयको समेत सहयोगमा आगो निभाइएको थियो ।
 
आगलागीमा परी घाइते भएका शिवकुमारको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।