Trending :
 

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

कार्तिक २६,२०८०

-आस्था न्युज

कात्तिक २६, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  
 
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ । 
 
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । 
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।