Trending :
 

नवलपरासीमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

कार्तिक २६,२०८०

-आस्था न्युज

कात्तिक २६, २०८० काठमाडौं ।
 नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । 
 
बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा एक जना घाइते भएका छन् ।  
 
दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।