Trending :
 

गोरखामा घर आगलागी हुँदा दुई जनाको मृत्यु

कार्तिक २६,२०८०

-आस्था न्युज

कात्तिक २६, २०८० काठमाडौं ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका-१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ ।
 
७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले हिजो रातिने आगलागी भएपनि डिला गरी खबर आएकोले जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको बताए ।
 
आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए ।