Trending :
 

सीता दाहालको निधनका कारण यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

कार्तिक २६,२०८०

-रासस

कात्तिक २६, २०८० काठमाडौं ।
यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । 
 
गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।