Trending :
 

पशुपतिको गौशालामा गाईतिहार

कार्तिक २७,२०८०

-आस्था न्युज

कार्तिक २७ ,२०८० काठमाडौं । 
कार्तिक कृष्ण औँसीका अवसरमा आज गाईको पूजाआजा गरी गाई तिहार मनाईएको छ । 
 
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो देखियो । उनीहरुले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन् । 
 
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । 
 
राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन (आज) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ।