Trending :
 

टिकटकमाथिको प्रतिवन्धबारे प्रधानमन्त्रीको प्रष्टोक्ति : सामाजिक सद्भावका लागि सामुहिक निर्णय

कार्तिक २८,२०८०

-आस्था न्युज

कार्तिक २८ ,२०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, टिकटकमाथिको प्रतिवन्ध निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबैदलको सहमतिमा गरिएको दाबी गरेका छन् । 
 
नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।
 
‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबभन्दा लोकतान्त्रिक र विकशित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहान्छु ।’ उनले भने ‘जति निर्णय गरिएका छन् । यो बहस त हुदैँ जाला । यसमा विमतिहरु पनि होलान् ।्’
 
अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने उनको भनाई छ । 
 
‘नेपालमा विकृती विसंगति र अराजकता फैलाउन चाहाने प्रवृतिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ । नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरुको चित्त बुझेको छैन् । छलफल हुदैँ जाला ।कन्भिन्स हुदैँ जाने प्रक्रिया होला । ’ 
 
त्यस्तै उनले राष्ट्रिय विभूति शंखदर साख्वाले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।