Trending :
 

रेलले किचेर जनकपुरमा एकजनाको ज्यान गयो

कार्तिक २८,२०८०

-आस्था न्युज

कार्तिक २८ ,२०८० काठमाडौं । 
जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ । 
 
नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्निे गरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 
 
धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ । 
 
ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो । 
 
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।