Trending :
 

राष्ट्रपतिको भाईटीका : बहिनीहरू शारदा र चन्दाको हातबाट

कार्तिक २८,२०८०

-आस्था न्युज

कार्तिक २८ ,२०८० काठमाडौं । 
राष्ट्रपति रामचन्द्र पौडेलले, बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् ।
 
राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । 
 
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।