Trending :
 

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

कार्तिक २९,२०८०

-आस्था न्युज

कार्तिक २९ ,२०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  
 
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४७ पैसा र बिक्री दर १६४रुपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६१ पैसा र बिक्री दर १४३ रुपैयाँ २५ पैसा रहेको छ । 
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ । 
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।