Trending :
 

२० दिनमा उपत्यकामा २६६ दुर्घटना, ७ जनाको मृत्यु ३३० घाइते

मंसिर ०१,२०८०

-आस्था न्युज

मंसिर १, २०८० काठमाडौं । 
काठमाडौं उपत्यकामा वितेको २० दिनमा २६६ वटा दुर्घटना हुदाँ ७ जनाले ज्यान गुमाएका छन् । 
 
३३० जना घाइते भएका छन् । ललितपुरमा ४, काठमाडौंमा २ र भक्तपुरमा एकजनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो । 
 
७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेका हुन भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएको प्रहरीले जनाएको छ । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।
 
ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ ।
 
यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।