Trending :
 

अधिकांश बैंकहरुको घट्यो निक्षेपको ब्याजदर

मंसिर ०१,२०८०

-आस्था न्युज

मंसिर १, २०८० काठमाडौं । 
मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत घटाउनमा केन्द्रित हुन लागेका छन् ।
 
जसले गर्दा मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।
 
५ वटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिंदा माछापुच्छ्रे बैंकले भने ब्याजदर बढाएको छ । साउनदेखि लगातार एकल अंक ९।९९ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मंसिरमा आएर भने बढाएको हो ।
 
मंसिरका लागि अधिकांश बैंकले ब्याजदर घटाएसँगै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत पनि घटेको छ ।