Trending :
 

विनिमय दरः बढ्यो युरो र पाउण्डको भाउ, अरुको सूची यस्तो छ

मंसिर ०२,२०८०

-आस्था न्युज

मंसिर २, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  
 
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २ज्ञ पैसा रहेको छ । 
हिजोको तुलनामा पाउण्ड र युरोको भाउ बढेर आएको छ । 
 
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । 
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।