माओवादी निकट पार्टीहरुबीच एकीकरणः जनताको मुख थुन्दैमा सत्ता नटिक्ने चन्दको भनाई
-आस्था न्युज
मंसिर २, २०८० काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकीकरण भएको छ । यो एकीकरणलाई ती पार्टीहरुले ध्रुवीकरण पनि भनेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य काञ्छाराम तामाङ, केन्द्रीय सदस्य जीत बहादुर तामाङ, नेपाल समाजवादी पार्टीका संघीय परिषद सदस्य तथा पूर्व तेस्रो डिभिजन मिसी के कुबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य के राजकुमार, नेकपा माकेका बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद नेपालको एकीकरण भएको हो ।
यो एकताले सम्पूर्ण श्रमजीवी जनता, कम्युनिस्टहरुलाई थप एकीकरणका लागि उत्प्रेरित गर्ने विश्वास लिएको नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले बताएका छन् ।
नेपाललाई दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था एवं साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपबाट मुक्त गरेर देशमा वैज्ञानिक समाजवाद, नेपाली विशेषताको समाजवाद स्थापना गर्न चाहने शक्तिहरु बीचको एकता र ध्रुवीकरण भएको उनको भनाई छ ।
उनले देशको राज्यसत्ता दलाल भ्रष्टाचारी, सुदखोर, तस्कर, साम्राज्यवादीहरुको नियन्त्रणमा रहेका भन्दै त्यसको कारण देशको स्वाधीनता सर्वाधिक जोखिममा परेको टिप्पणी गर्दै जनताले सामान्य शान्ति, स्थीरता, गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी नपाएको बताए ।
जनताको मुख थुन्दैमा सत्ता टिक्दैनः महासचिव चन्द
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले, जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले, वाक स्वतन्त्रतामाथि प्रतिवन्ध लगाएर सत्ता टिकाउने सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।
सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयमा प्रधानमन्त्रीलाई संकेत गर्दै उनले भने ‘उनले टिकटक बन्द गर्छन अहिले मान्छे मुख बन्द गर्लान जस्तो बोल्लास भनेर । यस्तो बुद्धिले हुन्छ त ? फेसबुक बन्द गरेर लेख्न नदिएर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो ।
यसरी हुँदैन सत्ता पनि डगमगाएको जस्तो जनताको मन जितेर पो सत्ता टिक्छ मानिसकोे मुख बन्द गरेर सत्ता टिक्छ त? जनतालाई असन्तुष्ट बनाउने अनि सत्ता टिकाउँछु भनेर हुन्छ ?
महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे ।