Trending :
 

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

मंसिर ०३,२०८०

-आस्था न्युज

मंसिर ३, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (मंसिर ३ गते) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।