हमासको आक्रमणमा हराएका विपिन जोशी गाजामा सुरक्षित रहेको पुष्टि

मंसिर ०४,२०८०

-आस्था न्युज

मंसिर ४, २०८० काठमाडौं । 
इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ । 
 
परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो । 
 
सचिवालय स्रोतले भन्यो ‘उनी सुरक्षित रहेको पुष्टि भएको छ । अब सुरक्षित रुपमा घर फर्काउने प्रयास भइरहेको छ । ’ 
 
हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए ।
 
केहीदिन अघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुसल उद्दारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो । 
 
नेपाल न्यूज बैंकबाट