Trending :
 

रौतहटबाट ४ थान हतियार बरामद

मंसिर ०४,२०८०

-आस्था न्युज

मंसिर ४, २०८०  काठमाडौं ।
मनोज कुमार साह
रौतहटको यमुनामाई गाँउपालिका-३ मल्हेनियबाट सशस्त्र प्रहरीले ४ थान  हतियार बरामद गरेको छ । 
 
घरमा लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्रको इन्टलिजेन्स ब्युरोले स्थानिय १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्ने क्रममा अत्याधुनिक हतियार बरामद गरेको हो । 
 
लुकाएर राखेको अवस्थामा ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल बरामद गरेको छ । 
 
मेड इन अमेरिका लेखिएको दुई थान पेस्तोल, मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र एयर गन १ नाल बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ हेडक्वाटर रौतहटले जनाएको छ । 
 
हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नेपाली नागरिकता समेत बरामद भएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर लामाले जानकारी दिएका छन् । 
 
अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा स्थानीयले ढुंगामुडा प्रहार गर्दा सशस्त्र प्रहरीको बीएबी ३२८० नम्बरको गाडीमा क्षति पुगेको छ भने सशस्त्र प्रहरीका ४ जना जवान समान्य घाइते भएको नम्बर  ११ गणले बताएको छ ।