Trending :
 

इटली युरोकप २०२४ का लागि छनोट

मंसिर ०५,२०८०

-आस्था न्युज

मङ्सिर ५, २०८० काठमाडौं ।
साविक विजेता इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ ।
 
समूह जीअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटलीले युरोकपमा स्थान पक्का गरेको हो ।
 
युक्रेनसँग समान १४ अंक जोडेको इटली समूह सी को समूह उपविजेता बन्दै छनोट हुँदा युक्रेनले अब अब प्लेअफको सहारा लिनुपर्छ ।
 
यसअघि घरेलु मैदानमा भएको खेलमा इटली २-१ ले विजयी भएकोले समान अंक भए पनि इटली हेड टु हेडमा अघि रहेको हो ।
 
विश्वकप २०१८ र २२ मा छनोट हुन असफल भएको इटलीले २०२१ मा युरोकपको उपाधि जितेको थियो ।
 
समूह सी बाट इंग्ल्याण्ड यसअघि नै समूह विजेता बन्दै युरोकपमा छनोट भइसकेको छ । अन्तिम खेलमा इंग्ल्याण्ड नर्थ मेसोडनेसियासँग १(१ को बराबरीमा रोकियो ।
 
इटलीसँगै चेक रिप्बलिक र स्लोभेनिया पनि युरोकपमा छनोट भएका छन् । चेकले समूह ई मा मोल्दोभोलाई ३-० ले पराजित गर्दै समूह उपविजेता बन्दै छनोट भएको हो । 
 
यस्तै समूह एचमा कजाखस्तानलाई २-१ ले पराजित गरेपछि स्लोभेनिया पनि समूह उपविजेता बन्दै छनोट भएको हो ।