Trending :
 

पूर्वपरराष्ट्रमन्त्री थापाको आत्मवृतान्त ‘राष्ट्र-परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक

मंसिर ०५,२०८०

-आस्था न्युज

मंसिर ५, २०८० काठमाडौं ।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको आत्मवृत्तान्त ‘राष्ट्र-परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक सार्वजनिक भएको छ ।
 
आज पुस्तकका लेखक थापा, सहलेखक पत्रकार हरिबहादुर थापा, संघीय सांसदद्वय स्वर्णीम वाग्ले र सुमना श्रेष्ठ तथा पत्रकार, लेखक सुधीर शर्माले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।
 
पुस्तक पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा थापाले भोगे–बेहोरेका अनुभव र यो अवधिको शासन सत्तासँग जोडिएको छ ।
 
थापाको पुस्तकमा २०१७ सालको पञ्चायती व्यवस्थादेखि २०४६ सालको जनआन्दोलन, २०६२-६३ को दोस्रो जनआन्दोलन, संविधानसभा र नयाँ संविधान जारी भएपछिका शासन व्यवस्था तथा यो अवधिका कूटनीतिक घटनाक्रमलाई राखिएको छ । 
नेपालको शासन व्यवस्थामा आन्तरिक र बाह्य रुपमा रहेर पूरा गरेका जिम्मेवारीका घटनाक्रमलाई पुस्तकमा थापाले समेटेका छन् । 
 
लेखक थापाले यो पुस्तक लेख्ने कल्पना पनि नगरेको भन्दै परिवारको प्रेरणामा पुस्तक तयार भएको बताए । 
 
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले राष्ट्र–परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ नामक पुस्तक जति बोले पनि बोल्ने सक्ने खालको भएको बताएका छन् ।
 
उनले भने, ‘यो पुस्तकको बारेमा ५–६ घण्टा नै बोल्न सक्छौं, यति धेरै रिचनेश छ यो पुस्तक । पुस्तक परिवेश, पेशा र पात्र गरेर तीन भागमा विभाजन भएर लेखिएको छ ।’