मौसमः उपत्यकामा विहानैदेखी धुम्म, पहाडी भू-भागमा आंशिक बदली हुने
-आस्था न्युज
मंसिर ६, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू–भागको मौसम राती सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।