Trending :
 

बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा महिला र पुरूषको शव फेला

मंसिर ०६,२०८०

-रासस

मङ्सिर ६, २०८० काठमाडौं ।
बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार भरतपुरमा महिला र पुरूषको शव फेला परेको छ । भरतपुर महानगरपालिका १२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा शव भटिएको खबर स्थानीयले प्रहरीलाई गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।
 
जुटको बोराभित्र भेटिएकोको शव अन्दाजी ३० वर्षका महिला र पुरूषको रहेको डीएसपी पण्डितको भनाइ छ । शवको प्रकृति हेर्दा चार(पाँच दिनअघि घटना भएको हुनसक्ने देखिएको उनले बताए । 
 
शवको सनाखत भइनसकेको पनि उनले जानकारी दिए । खोलामा माछा मार्दै गरेका स्थानीयले गन्ध आएपछि खोज्ने क्रममा बोराभित्र शव भेटिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।