Trending :
 

अब केपी ओलीले झापा र महेश बस्नेतले भक्तपुर जाँदा मेरो अनुमति लिनुपर्छः प्रसाईँ

मंसिर ०६,२०८०

-आस्था न्युज

मङ्सिर ६, २०८० काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा र नेता महेश बस्नेतले भक्तपुर जाँदा आफ्नो अनुमति लिनुपर्ने चेतावनी दिएका छन् । 
 
बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले कम्युनिस्टको जिल्लामा न्याय माग्न आउँदा महिलामाथि ओलीको पार्टीले हातपात गरेको भन्दै प्रश्न गरे, ‘हजुरबुवा कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ?’
 
उनले भने, ‘ओलीको कम्युनिस्ट सिद्धान्त गयो । अब कसरी जानुहुन्छ हजुरबुबा गाउँमा ? झापामा मुख देखाउन सक्छन् ? मलाई नसोधि नजाँदा हुन्छ केपी ओलीले । मसँग अब महेश बस्नेतले भक्तपुर प्रवेश गर्न पनि मसँग अनुमति लिनुपर्छ । मजाक गरेको होइन जे बोल्छु त्यो गर्छु ।’
 
उनले युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोज्नेलाई कारवाही माग गर्दै महिलावादी के हेरेर बसेका छन् ? भन्दै प्रश्न गरे । 
 
उनले भने, ‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’
 
उनले काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा एमाले सक्किँर्दै गएको दाबी गरे । 
 
प्रसाईंले आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा चित्रित गरे ।
 
उनले भने, ‘यो लडाईं जित्यौं, हामी बाँच्यौं, यो लडाईं हार्यौं, हामी मर्यौं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो ।’