Trending :
 

सुन तस्करी छानबिन आयोगमा प्राविधिकसहित चारजना थपिए

मंसिर ०७,२०८०

-आस्था न्युज

मंसिर ७, २०८० काठमाडौं ।
सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना सदस्य थप गरेको छ ।
 
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको मागबमोजिम प्राविधिक सहितका ४ जना जनशक्ति थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
 
उनले भनिन्, ‘सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोग गठन भएको थियो । आयोगको मागबमोजिम चारजना प्राविधिक सहितका जनशक्ति थप गर्ने भन्ने निर्णय भएको छ ।’ 
 
मन्त्रिपरिषद् बैठकबाट विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने पनि निर्णय भएको उनले जानकारी दिइन् ।