Trending :
 

उर्जा सचिव घिमिरे र सेनाका उपरथि पाण्डेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत

मंसिर ०७,२०८०

-आस्था न्युज

मंसिर ७, २०८० काठमाडौं ।
ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
 
यस्तै नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । 
 
उनले राजिनामा २०८०÷०७÷२४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । 
 
बिहीबारको मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान लिने निर्णय गरेको छ ।