गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा आउनुपरेको महेश बस्नेतको टिप्पणी
-आस्था न्युज
मंसिर ७, २०८० काठमाडौं ।
एमाले नेता महेश बस्नेतले गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको दाबी गरेका छन् ।
राजधानीको तीनकुनेमा बिहीबार एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजधानीमा एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ ।
बल्खुमा प्रसाईं समूहले प्रदर्शन गररिहेको छ । बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा संघलाई सुरक्षा दिन नसके बल्खुमा पुग्ने चेतावनी दिए ।
बल्खुमा सुरक्षाकर्मीले युवा संघको कार्यकर्तालाई सुरक्षा दिन नसके आफूहरु जाने चेतावनी दिएका हुन् । युवा संघको शक्ति प्रदर्शनमा बोल्द उनले बल्खुमा युवा संघको जुलुसलाई रोक्न खोजेको भन्दै प्रहरीले सुरक्षा दिन नसके त्यहाँ पुग्नु परेमा कमिला किचेजस्तो हुने भन्दै चेतावनी दिएका हुन् ।
उनले भने,‘बल्खुमा हाम्रो आइरहेको जुलुसलाई रोक्न खोज्यो भन्ने मैले सुने । म प्रहरीलाई अनुरोध गदैछु । बल्खुबाट आइरहेको करिब ५०० जतिको जुलुस छ र रोक्न खोजेको हो भने प्रहरीले त्यो कुरालाई ध्यान देओस् होइन भने यो सिंगो पंक्ति त्यहाँ जानुप¥यो भने कमिला किचेजस्तो हुनेछ ।’
उनले आफूहरुको लक्ष्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभएको प्रष्ट पारे ।
गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको उनले बताए ।