Trending :
 

शंकास्पद कलको त्रास

टेलिकमले भन्यो शंकास्पद नम्बरको कल नउठाउनुहोस

चैत्र २५,२०७३

-

Normal 0 false false false EN-US X-NONE NE

 

काठमाडौं नेपाल टेलिकम नेटवर्कको जीएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट कल आएको ग्राहकहरुको गुनासोपछि नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ ।

बुधबार रातिदेखि टेलिकमको जीएसएम नेटवर्कको प्रिपेड तथा पोष्टपेड मोबाइलमा शंकास्पद कलहरु आइरहेका छन् । कलब्याक गर्दा आफ्नो मोबाइलको ब्यालेन्स गुमेको गुनासो ग्राहकहरुको छ । यसरी टेलिकम नेटवर्कको जीएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट शंकास्पद कल आएर ग्राहक सशंकित भएपछि  टेलिकमले यस्तो आग्रह गरेको हो ।

ग्राहकहरुको गुनासोमा २१६९८.., ६७४५..२१२…. लगायतका विभिन्न अन्तर्राष्ट्रिय नम्बरबाट फोन आइरहेका छन् । नेपाल टेलिकमले  गलत नियतले मिस्ड कल गर्नेहरुलाई सम्बन्धित क्यारियरमार्फत त्यस्ता कलहरु ब्लक गर्न लगाएको टेलिकमले जनाएको छ ।