Trending :
 

एभरेष्ट बैंकको नयाँ शाखा काठमाण्डौको टोखा नगरपालिकामा सञ्चालन

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८, २०८० काठमाडौं ।
एभरेष्ट बैंकले १२८ औं शाखा काठमाण्डौको टोखा नगरपालिका-६, टोखामा सञ्चालनमा ल्याएको छ । 
 
शुक्रबार उक्त शाखाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् ।
 
शाखा उद्घाटनपछि बोल्दै कम्पनीका अध्यक्ष वैद्यले बैंकहरु विश्वासको सहयात्री भएकोले टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै आधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बताए ।
 
यसैगरी, टोखा नगरपालिकाका उप-मेयर तामाङले टोखामा बैंकको शाखा स्थापनाले सर्वसाधरणको वित्तीय पहुँचमा अझ सहज तथा सुलभ हुने बताए ।
 
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका-६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, कम्पनीका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो । 
 
 योसँगै बाग्मती प्रदेशमा कम्पनीको शाखा संख्या ४६ पुगेको छ भने काठमाण्डौ उपत्यकामा ३६ पुगेको छ । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको उक्त कम्पनीमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।