Trending :
 

यस्तो छ ,आजको विदेशी मुद्रा विनिमय दर

मंसिर ०९,२०८०

-आस्था न्युज

मंसिर ९, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
 
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । 
 
शुक्रबारको तुलनामा पाउण्डको भाउ बढेर आएको छ । 
 
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । 
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २३ पैसा र बिक्री दर ९७ रुपैयाँ ६७ पैसा रहेको छ ।