Trending :
 

मौसमः देशभर धुम्मियो, यी प्रदेशमा हिमपातको सम्भावना

मंसिर ०९,२०८०

-आस्था न्युज

मंसिर ९, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानमा  हिमपातको सम्भावना रहेको छ ।
 
हाल सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
 
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 
 
शनिबार राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । 
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।