Trending :
 

इजरायलले आक्रमण गरिरहेको छः प्यालेस्टाइन

मंसिर १०,२०८०

-आस्था न्युज

मंसिर १०, २०८० काठमाडौं ।
इजरायल र प्यालेस्टाइनबीच अहिले अस्थायी युद्ध विराम भए पनि प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा शनिबार ६ प्यालेस्टाइनीको हत्या गरेको दाबी गरेको छ ।
 
 प्यालेस्टिनी सशस्त्र समूहहरूको गढ रहेको जेनिन नजिकै रहेको काबातियामा २५ वर्षीय डाक्टरको घरबाहिर हत्या गरिएको दाबी गरेको हो । यसैगरी रामल्लाह नजिकै अल-बिरेहमा अर्का प्यालेस्टिनीको मृत्यु भएको छ ।
 
जेनिनमा चार व्यक्तिको मृत्यु भएको थियो । इजरायली सेनाले सहरमा प्रवेश गर्ने ठूलो संख्यामा सशस्त्र सवारी साधनहरूमा लक्षित गरेर गोली प्रहार गरेको जनाइएको छ ।
 
इजरायली अधिकारीहरूका अनुसार, हमासले गत महिना अक्टोबर ७ मा इजरायलमा सीमापार हमला गरेपछि वेस्ट बैंकमा हिंसा बढेको थियो ।