Trending :
 

छैठौं संस्करणको उपमेयर कप मंसिर १४ बाट

मंसिर १०,२०८०

-आस्था न्युज

मंसिर १० , २०८० काठमाडौं । 
छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । 
 
मंसिर १४ गतेदेखि १७ गते चारदिनसम्म सञ्चालन हुने प्रतियोगिता हेटौँडा–१९, नेवारपानीमा सञ्चालन हुने छ ।
 
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्यमा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 
 
प्रतियोगितामा प्रथम हुने विजेता टीमले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै,उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएका आयोजकले जनाएको छ ।